८ पुष २०८१, सोमबार

राजनीति

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डे सर्वसम्मत अनुमोदित

२३ कार्तिक २०८१, शुक्रबार १५:०४

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको छ। शुक्रबार बसेको बैठकले न्यायाधीशमा सिफारिस भएका निरौला र पाण्डेलाई सर्वसम्मतिले अनुमोदन गरेको हो। उनीहरुलाई ११ असोजमा बसेको न्याय परिषद बैठकले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो।...

रवि लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदै

२० कार्तिक २०८१, मंगलवार ०८:१६

सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ। एक साता हिरासतमा राख्ने अनुमति पाएकोमा त्यो म्याद तिहार बिदाकै बीचमा सकिएकाले प्रहरीले आज पुनः कास्की...

अमेरिकामा राष्ट्रपति चयन गर्न आज मतदान हुँदै

२० कार्तिक २०८१, मंगलवार ०८:०९

अमेरिकामा राष्ट्रपति चयन गर्न मतदान हुँदैछ । कमला ह्यारिस र डोनाल्ड ट्रमपबीच राष्ट्रपति चयनका लागि आज मतदान हुन लागेको हो । पूर्वराष्ट्रपति ट्रम्प रिपब्लिकन हुन् भने उपराष्ट्रपति बनिसकेकी कमला डेमोक्रेट हुन् । उनीहरूबीच उम्मेदवार चयन भएसँगै कडा प्रतिस्पर्धा हुँदै आएको...

हिरासतमा जब रविले न्यायाधीशलाई नै थर्काए….

१५ कार्तिक २०८१, बिहीबार १४:३९

सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ ।  जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी अधिकृतहरुले सरकारी वकिलको साक्षीमा राखेर बयान सकाएका हुन् । बयानका क्रममा लामिछाने आक्रोशित मुद्रामा देखिएका र उनले जवाफ पनि आक्रोशित...

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष बैठकमा सहभागी अर्थमन्त्री विष्णुप्रसाद पौडेल स्वदेश फिर्ता

१५ कार्तिक २०८१, बिहीबार १४:१४

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा सम्पन्न विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा सहभागी भई आज स्वदेश फर्किएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजस्व सचिव दिनेशकुमार घिमिरेले स्वागत गरेका थिए। विश्व बैंक समूह र अन्तर्राष्ट्रिय...

प्रहरी अतिरिक्त महानिरीक्षकद्वय राणा र ह्योजुलाई दर्ज्यानी चिन्ह प्रदान

१४ कार्तिक २०८१, बुधबार १०:१०

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणा र प्राविधिकतर्फका प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दरप्रसाद ह्योजुलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को मंगलबा बसेको बैठकबाट दुवै जनालाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति गरिएको थियो। प्रहरी महानिरीक्षक...

एकीकृत समाजवादीका सबै प्रदेश सम्मेलन मङ्सिर मसान्तसम्म सम्पन्न गर्न निर्देशन

११ कार्तिक २०८१, आईतवार १२:४६

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर मसान्तसम्म सबै प्रदेश सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको छ । पार्टी सचिव सोमप्रसाद पाण्डेयले हाल कायम रहेको प्रदेश कमिटीलाई  सम्मेलन सम्पन्न गर्न पत्राचार गरिएको जानकारी दिए । देशभर पार्टी सङ्गठनलाई थप सुदृढीकरण गरी...

रविको म्याद थपपछि पोखरामा रास्वपा आक्रोशित, अश्रुग्याँस प्रहार

८ कार्तिक २०८१, बिहीबार १७:०४

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताकार्यकर्ताहरू बिहीबार कास्की जिल्ला अदालतको निर्णयपछि निषेधित क्षेत्र उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएका छन्। अदालतले रास्वपा सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन्। लामिछानेको गिरफ्तारीलाई लिएर रास्वपाका...

गगन थापाको भाजपा विदेश विभाग प्रमुख चौथाइवालेसँग भेटवार्ता

८ कार्तिक २०८१, बिहीबार १७:०२

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन् । हाल भारत भ्रमणमा रहेका महामन्त्री थापाले विहिबार चौथाइवालेसँग भेटवार्ता गरेका हुन् । महामन्त्री थापा नयाँ दिल्लीमा हुने एशियन क्लाइमेट समिटमा सहभागी हुन...