२३ बैशाख २०८३, मंगलवार
   Aarthik Wave

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

५ असार २०८२, बुधबार ०९:११

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३८ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ...

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

५ असार २०८२, बुधबार ०९:०७

महाकाली नगरपालिका– ६ मा ढुङ्गा लागेर गम्भीर घाइते प्रहरी जवान दीपेन्द्र पालको उपचारका क्रममा मृत्यु भएको छ। आज बिहान ‘निसिलको थागिल’ भन्ने स्थानमा खर काट्न गएको बेला माथिबाट खसेको ढुङ्गा टाउकामा लागेपछि पाल गम्भीर घाइते भएका थिए। स्थानीयले तत्काल उद्धार...

प्रतिनिधि सभाको बैठक बस्दै, केके छन् आजका एजेण्डाहरु ?

३ असार २०८२, सोमबार ०९:२६

सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। सङ्घीय संसद् सचिवालयका अनुसार अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८२’...

डरको साटो प्रेम: सम्झना राईले रचेको सर्पसँगको सम्बन्धको नयाँ परिभाषा

३ असार २०८२, सोमबार ०९:२३

सामान्यतया सर्पलाई देख्दा भाग्ने मानवीय स्वभाव विपरीत, सम्झना राईले सर्पसँग संवाद गर्न थालेकी छन्—डर होइन, समझदारीका साथ। संखुवासभामा जन्मेकी र हाल उर्लाबारीमा बसोबास गर्दै आएकी सम्झना केवल सर्प समाउने युवती होइनन्, प्रकृति, पारिस्थितिकी र मानवबीचको सम्बन्धमा एक नयाँ चेतना फैलाउने...

राजस्वको धमाका: ११ महिनामा सरकारको झोलामा १० खर्ब २७ अर्ब

३ असार २०८२, सोमबार ०९:२०

चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । सरकारले चालू आवमा १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । अर्थ मन्त्रालयका अनुसार २०८२ जेठ मसान्तसम्म संकलित राजस्व...

‘गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छ’

२० जेष्ठ २०८२, आईतवार २१:४८

एमाले सचिव छविलाल विश्वकर्माले वर्तमान व्यवस्था जोगाउनका निम्ति सम्पूर्ण गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन्। राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल (नाडजोड) को छैटौँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले पछिल्लो परिवर्तन लामो सङ्घर्ष र बलिदानीबाट आएकाले यसको...

राजावादी छाडा हुँदैछन्, इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस् : प्रचण्ड

२० जेष्ठ २०८२, आईतवार १७:२४

‘त्यसकारण, हामी जाइलाग्ने चाहीँ होइन । उनीहरूको आन्दोलनमा गएर आक्रमण गर्ने चाहिँ भन्न मैले खोजेको होइन,’ उनले भने, ‘तर, उनीहरू छाडा भएका छन् । छाडा भएर हामीहरूमाथि आक्रमण गर्ने कोशिस गर्दैछन् । यदी उनीहरू आइलाग्छन् भने इँटको जवाफ पत्थरले दिनेगरी...

बेमौसमी तरकारी खेतीबाट वार्षिक १० लाख आम्दानी

१८ जेष्ठ २०८२, शुक्रबार १८:१२

बढैयाताल गाउँपालिका–७ फूलपुरका किसान ईश्वरीप्रसाद थारुले बेमौसमी तरकारीखेतीबाट वार्षिक रु १० लाखसम्म आम्दानी गर्दै आएका छन् । असोजदेखि जेठसम्म चार बिघाह जमिनमा आधुनिक प्रविधिमार्फत बेमौसमी तरकारीखेती गरेर उनले वार्षिक रु आठ लाखदेखि रु १० लाखसम्म आम्दानी गर्दै आएका हुन् ।...

इजरायलले कब्जा गरेको वेस्ट बैंकमा थप यहुदी बस्तीलाई अनुमति

१८ जेष्ठ २०८२, शुक्रबार ०८:२६

इजरायलले बिहीबार कब्जा गरिएको वेस्ट बैंकमा २२ वटा यहुदी बस्ती स्थापना गर्ने बताएको छ । यसमा सरकारी अनुमति बिना नै निर्माण गरिएका चौकीको वैधानिकीकरण पनि समावेश छ । इजरायलले सन् १९६७ को मध्यपूर्व युद्धमा गाजा पट्टी र पूर्वी जेरुसेलमसँगै वेस्ट...