७ पुष २०८१, आईतवार
   Aarthik Wave

देउताको तस्बिर भएको पत्रिकामा कुखुराको मासु बेच्ने पक्राउ

१० मंसिर २०८१, सोमबार १२:५६

उत्तर प्रदेशको सम्भलमा हिन्दू देवताहरूको तस्बिर भएको पत्रिकामा कुखुराको मासु बेचेको र प्रहरी टोलीमाथि आक्रमण गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ। केही मानिसहरुले आइतबार तालिब हुसैन नामका एक व्यक्तिले आफ्नो पसलमा हिन्दू देवी-देवताको तस्बिरसहित अखबारमा बेरिएको कुखुरा बिक्री गरिरहेको...

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा के–के छन् एजेन्डा ?

१० मंसिर २०८१, सोमबार १२:५१

प्रधानमन्त्री केपी शर्मा ओलीले यही १७ मंसिरबाट गर्ने चीनको औपचारिक भ्रमणमा अन्तरदेशीय पूर्वाधार र कनेक्टिभिटी परियोजना अगाडि बढाउनेगरी मुख्य एजेन्डा तयारी गरिएको छ । बीआरआई परियोजनामा कांग्रेस र एमालेबीच हालसम्म सहमति जुट्न नसके पनि कनेक्टिभिटी परियोजना अघि बढाउने विषयमा तयारी...

बालेनको ‘एक लाखे’ राजनीति

१० मंसिर २०८१, सोमबार १२:३८

काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई हुलाकबाट जरिवाना पत्र पठाएको छ। महानगरपालिकाले सोमबार हुलाक र इमेलमार्फत जरिवाना पत्र पठाएको हो। आइतबार जरिवानासहितको पत्र लिएर महानगरको टोली एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको थियो। तर दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय...

एकैदिन १६ हजारले किन घट्यो सुनको भाउ ?

१० मंसिर २०८१, सोमबार १२:३३

सोमबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । बजारमा सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ तोकिएको छ । आइतबार भने नेपाली बजारमा प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी...

चीनको एक्जिम बैंकसँग १७ करोड ५२ लाख डलर ऋण सम्झौता

९ मंसिर २०८१, आईतवार १०:०१

चीनको एक्जिम बैंकसँग ऋण सम्झौतामा हस्ताक्षर भएपछि बहुप्रतीक्षित मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजना सुरु भएको छ । २०७८ सालको असारमा लगानी बोर्डले वैदेशिक लगानीका लागि स्वीकृति दिए पनि ऋण सम्झौतामा ढिलाइ हुँदा अन्योल छाएको थियो । चीनको एक्जिम बैंक र मनाङ–मस्र्याङ्दी जलविद्युत्...

रविलाई आज कास्की अदालतमा उपस्थित गराइँदै

९ मंसिर २०८१, आईतवार ०९:५७

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेलाई १३ दिनको म्याद सकिएपछि उनलाई फेरि अदालतमा पेश गर्न लागिएको हो। गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ...

पाटनका डाक्टरले बेटिङमा डुबाए ४० लाख, उठाउन होडिङ बोर्डका नम्बरमा कल गर्दै ज्यान मार्ने धम्की

७ मंसिर २०८१, शुक्रबार १३:५५

ह्वाट्सएपबाट सर्वसाधारणलाई धम्की दिई ठगी प्रयास गरेको आरोपमा एक चिकित्सक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर घर भई हाल ललितपुर बस्दै आएका ३२ वर्षीय डा. आशिष दाहाल रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धानका प्रवक्ता एवम् प्रहरी उपरीक्षक काजीकुमार...

सिटिजन्स बैंकका ग्राहकले होटल ली हिमालयमा आकर्षक छुट पाउने

७ मंसिर २०८१, शुक्रबार १३:४५

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र काठमाण्डौ लाजिम्पाटस्थित होटल ली हिमालयबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले होटल ली हिमालयमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन्...

झापाबाट ११ करोडको चिया निर्यात

७ मंसिर २०८१, शुक्रबार १३:४०

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो । “गुणस्तरीय चिया उत्पादनमा जोड...