२५ चैत्र २०८१, सोमबार १७:०८
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बल प्रयोग गरी हाजिर गरेसँगै काठमाडौं महानगरपालिकाका कर्मचारीले तलब पाएका छन् । प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन गरी मेयर बालेन्द्र शाह (बालेन) ले काम गर्न नदिएपछि रोकिएको तलब उनी काममा फर्केसँगै सोमबार निकासा भएको हो...
२५ चैत्र २०८१, सोमबार ०७:५२
नेपाल राष्ट्र बैंकको बहालवाला गभर्नर अवकाशमा गइसकेपछि पनि सरकारले नयाँ गभर्नर नियुक्त गर्न सकेको छैन । सत्ता साझेदार दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भागबन्डा नमिलेका कारण गभर्नर नियुक्त हुन नसकेको हो । राष्ट्र बैंक ऐनको व्यवस्थामा बहालवाला...
२३ चैत्र २०८१, शनिबार २०:०५
फोर्ब्सले सन् २०२५ को लागि विश्वका अर्बपतिको वार्षिक सूची सार्वजनिक गरेको छ । यो सूचीमा एक अर्ब डलरभन्दा बढी सम्पत्ति भएका २,९३३ व्यक्तिको नाम समावेश छ । सूचीको शीर्ष स्थानमा अमेरिकी व्यापारी एलन मस्क छन्, जसको सम्पत्ति ३०० अर्ब डलर...
२३ चैत्र २०८१, शनिबार १९:३८
अमेरिकालाई खरबौं डलर घाटा हुने गरी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दर्जनौं व्यापारिक साझेदार मुलुकहरूमाथि घोषणा गरेको ठूलो परिमाणको भन्सार नीतिलाई ‘पारस्परिक’ भनिएको थियो । यो नीति अन्य देशहरूले अमेरिकामाथि लगाउने भन्सारको स्तरसँग मिलान गर्ने उद्देश्यले ल्याइएको दाबी गरिएको छ ।...
२३ चैत्र २०८१, शनिबार १०:४२
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको चर्चा पछिल्लो समय निकै चासोको विषय बनेको छ । वर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आइतवार सकिँदैछ । अधिकारी शुक्रवार नै औपचारिक रूपमा विदा भइसकेका छन् । बिमस्टेक सम्मेलनका लागि थाइल्याण्ड पुगेका प्रधानमन्त्री ओली शनिवार स्वदेश...
१६ चैत्र २०८१, शनिबार १९:२४
आन्दोलनमा तोडफोड र हिंसात्मक गतिविधि गरेको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवानाको पत्र काटेका छन् । बालेनको यस्तो कदमले उनी गणतन्त्रवादी कित्तामा उभिएको चर्चा भइरहेको छ । उनलाई सामाजिक सञ्जालहरूमा ‘राजावादी’का रूपमा...
१६ चैत्र २०८१, शनिबार १९:११
राजधानी काठमाडौंको तीनकुनेमा राजावादी समूहले आयोजना गरेको प्रदर्शनका क्रममा एभिन्युज खबरका पत्रकार सुरेश रजकको मृत्यु भएकोबारे टेलिभिजनले गृहमन्त्री रमेश लेखकलाई पत्र लेखेको छ । पत्रमा एउटा पत्रकारको जिउँदै जलाएर हत्या गरिएको घटनाले गम्भीर सुरक्षा प्रश्न खडा गरेको उल्लेख छ ।...
१६ चैत्र २०८१, शनिबार १८:५०
शुक्रवार तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनका ‘कमाण्डर’ दुर्गा प्रसाईं भागेर भारत पुगेको आशंका प्रहरीले गरेको छ । प्रसाईं शुक्रवार राति नै काठमाडौँबाट झापातिर लागेको र त्यहाँबाट स्थलमार्ग हुँदै भारत पसेको हुनसक्ने अनुमान प्रहरीको रहेको प्रहरी उच्च स्रोतको दाबी छ ।...
१९ फाल्गुन २०८१, सोमबार १६:०६
नेपालमा धेरैले खिसिट्युरी गरेको विषय हो– नेपालको आफ्नै पानीजहाज चलाउने विषय । सम्माननीय केपी शर्मा ओलीज्यू पहिलोपटक प्रधानमन्त्री हुँदा महत्त्वाकांक्षी योजना अगाडि सार्दै भन्नुभएको थियो– ‘नेपालको राष्ट्रिय झण्डा फहराउँदै पानीजहाज समुद्रमा अब छिट्टै चल्नेछन् !’ प्रधानमन्त्रीको यो भनाइलाई धेरैले व्यंग्य...