८ पुष २०८१, सोमबार

अर्थ बाणिज्य

आर्थिक अनियमितताले सिमा नाघ्यो: बेरुजु पुग्यो १२ खर्ब

१३ जेष्ठ २०८१, आईतवार १८:३७

रुजु नभएको तथा आर्थिक अनियमितता भएर राज्यकोषबाट खर्च भएको बेरुजु रकम ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । महालेखा परीक्षक तोयाम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार पेश गरेको ६१ औं वार्षिक प्रतिवेदन अनुसार यस्तो बेरुजु देखिएको हो...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा

५ जेष्ठ २०८१, शनिबार २२:१४

सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने र यस्तो उद्यममा लगानी प्रवर्द्धन एवम् सहजीकरण गर्ने भएको छ । गत वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकबाट पारित भई कार्यान्वयनमा आएको ‘राष्ट्रिय स्टार्टअप नीति, २०८०’ मा स्टार्टअप उद्यमलाई सरकारले...

जन्तीबस दुर्घटनामा ३ जनाको मृत्यु, ५२ घाइते

७ बैशाख २०८१, शुक्रबार १२:१७

जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छभने अन्य ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको...

मदिराको स्टिकरमा करोडौं घोटाला, मुख्यसचिव अर्यालको पनि लामो हात

२६ चैत्र २०८०, सोमबार ०७:३३

मुख्यसचिव बैकुण्ठ अर्याल एकपछि अर्को भ्रष्टाचार प्रकरणमा तानिँदै गएका छन् । अन्य अनुसन्धानको किनारा नलाग्दै उनी मदिराको अन्तःशुल्क स्टिकर छपाइ प्रकरणसम्बन्धी अनियमिततामा पनि मुछिएका हुन् । दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा अख्तियारको अनुसन्धानमा रहेका अर्यालमाथि भ्रष्टाचार अभियोग लागेका सेक्युरिटी प्रिन्टिङ...

आत्तिनुपर्दैन, यस्तो छ एटीएमबाट पैसा नआउने तर एकाउन्टमा काट्ने समस्याको समाधान

१५ चैत्र २०८०, बिहीबार ०७:४९

कहिलेकाहीँ  एटिएमबाट पैसा झिक्ने क्रममा हाम्रो खाताबाट पैसा काटिन्छ तर एटिएम मेसिनले पैसा दिँदैन । यस्तो बेला तनाव लिने भन्दा पनि समझदारी अपनाउनु उत्तम हुनेछ । खाताबाट रकम काटियो तर एटिएमबाट पैसा नआउँदा यो कुरामा निश्चिन्त हुनुहोस् कि तपाईंको पैसा कतै...

चोभार सुक्खा बन्दरगाहमा चहलपहल बढ्न थालेपछि व्यापारी उत्साहित, नेपाललाई हुँदैछ यस्तो व्यापारिक फाइदा

१३ चैत्र २०८०, मंगलवार १६:५५

राजधानीको चोभारस्थित सुक्खा बन्दरगाह निर्माण सम्पन्न भएको दुई वर्षपछि केही चहलपहल देखिन थालेको छ । हालै आयात गरिएका दुई सयवटा कार भन्सार जाँचपासको प्रतीक्षामा छन् । सवारीसाधन व्यवसायीको छाता संस्था नाडासँगको समझदारीपछि नयाँ सवारीसाधनको भन्सार जाँचपास चोभार बन्दरगाहबाटै गर्न थालिएको...

अर्थमन्त्रीले भने: आगामी बजेटमा राजस्वको दर हेरफेर गर्छु

४ चैत्र २०८०, आईतवार २३:००

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत करका दर हेरफेर हुने बताएका छन् । उनले आवश्यकता र औचित्यतासमेतलाई हेर्दै करको दर हेरफेर गर्ने बताएका हुन् । आज अर्थमन्त्रालयमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको भेटघाटका क्रममा उहाँले राजस्वका दर हेरफेर...

चैत्रमा बैंकको ब्याजदर घट्ने

३० फाल्गुन २०८०, बुधबार ०८:२४

चैत महिनाका लागि अधिकांश बैंकले निक्षेपको ब्याजदर थप घटाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको अर्धवार्षिक मौद्रिक नीति समीक्षामार्फत लिएको नीतिका कारण बैंकको ब्याजदर थप घट्ने भएको हो । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको अर्थवार्षिक मौद्रिक...

यस्तो रह्यो आइतबारको नेप्से

१३ फाल्गुन २०८०, आईतवार १९:२४

काठमाडौँ । साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ८१ अङ्कले ओरालो लागेको छ । परिसूचक एक दशमलव ३३ प्रतिशतले घटेर एक हजार नौ सय ७९ दशमलव ०२ बिन्दुमा कायम भएको हो । गत मङ्सिर अन्तिम...