२३ बैशाख २०८३, मंगलवार
   Aarthik Wave

चीनः पहिरोमा परी कम्तीमा चार जनाको मृत्यु, २१ जना उद्धारको पर्खाइमा

११ जेष्ठ २०८२, शुक्रबार ०८:३६

चीनको दक्षिणपश्चिम गुइझोउ प्रान्तमा बिहीबार गएको पहिरोमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने २१जना अझै फसेका छन्। “दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा बिहीबार गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ भने २१ जना अझै फसेका छन्,” प्रान्तीय...

द्वन्द्वपीडितले हत्यारा भनेपछि बाबुराम कार्यक्रमबाटै गायब

१० जेष्ठ २०८२, बिहीबार २०:५७

पछिल्लो समय लाजिम्पाटको नेपाली चुलो रेस्टुरेन्टमा आयोजित कार्यक्रममा डा. बाबुराम भट्टराईलाई द्वन्द्वपीडितहरूले तीव्र आलोचना गर्दै ‘हत्यारा’ भनेपछि उनी चुपचाप कार्यक्रमस्थल छाडेका छन्। नेपाल मानवअधिकार संगठनको आयोजनामा भएको उक्त कार्यक्रममा द्वन्द्वपीडितहरू, माओवादी पक्षका प्रतिनिधि तथा अन्य सरोकारवालाहरू सहभागी थिए। कार्यक्रममा डा....

सर्लाहीमा कारको ठक्करबाट वृद्धाको मृत्यु

१० जेष्ठ २०८२, बिहीबार २०:४५

सर्लाहीमा कारको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। बिहीबार मध्याह्न करिब ३ बजे मलंगवा नगरपालिका–८ कुशुम पार्टी प्यालेसअगाडि भित्री सडकखण्डमा गोरखकालीबाट मलंगवातर्फ जाँदै गरेको बीआर ०६ एई ९६६८ नम्बरको कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।...

माओवादीप्रति जनताको आशा पलाएको छः प्रचण्ड

१० जेष्ठ २०८२, बिहीबार २०:३८

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनतामा नयाँ आशा पलाएको बताएका छन्। मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा बागलुङको बुर्तिबाङ आएका उनले आमसभालाई सम्बोधन गर्दै पार्टी नयाँ गतिमा अगाडि बढिरहेको दाबी गरे। मध्यपहाडी जनजागरण अभियानमा...

लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल

१० जेष्ठ २०८२, बिहीबार २०:३४

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबीच लुम्बिनीसम्बन्धी छलफल सम्पन्न भएको छ। पर्यटन मन्त्रालयमा आज भएको भेटवार्ताको मुख्य उद्देश्य युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई खतराको सूचीमा नराख्ने उपायबारे...

युक्रेनी ड्रोन हमलाले मस्को विमानस्थलको उडान अवरुद्ध

१० जेष्ठ २०८२, बिहीबार २०:२७

रुसको राजधानीमा आक्रमण भएपछि बिहीबार मस्को वरपरको हवाई यातायात अवरुद्ध भएको र रातभरमा सहरलाई लक्षित ३५ युक्रेनी ड्रोन खसालिएको रक्षा मन्त्रालयले बताएको छ। “हवाई रक्षा प्रणालीले एक सय पाँच युक्रेनी ड्रोन नष्ट र रोक्यो, तीमध्ये ३५ मस्कोतर्फ गइरहेका थिए”, मन्त्रालयले...

नेपाली बिजुलीको चमक दिल्लीसम्म: लोडसेडिङको हल्ला टाट

१० जेष्ठ २०८२, बिहीबार २०:००

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले ‘लोडसेडिङ भयो’ भन्ने चर्चा सामाजिक सञ्जालमा फैलाइएको आधारहीन हल्ला मात्र भएको बताएका छन । मन्त्री खड्काले अहिले नेपालको विद्युत् उत्पादन बढेसँगै आन्तरिक माग पूरा गरी आजैबाट भारततर्फ निर्यात शुरु भएको जानकारीसमेत दिएका छन ।...

गृहमन्त्री लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि आदेश आउन सकेन

१० जेष्ठ २०८२, बिहीबार १९:५३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गृहमन्त्री रवि लामिछानेको तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमा आज (बिहीबार) पनि सर्वोच्च अदालतले आदेश दिन सकेन। न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले रिटलाई फेरि “हेर्दाहेर्दै”मा राखेको हो। रिटसम्बन्धी बहसको क्रम अघि...

गाजामा ९० वटा सहायता ट्रक पठाइयोः राष्ट्रसङ्घ

१० जेष्ठ २०८२, बिहीबार १९:४४

गाजामा सहायताका लागि बुधबार ९० वटा ट्रक पठाइएको संयुक्त राष्ट्रसङ्घले बताएको छ। युद्धले ध्वस्त पारेको प्यालेस्टिनी क्षेत्रमा इजरायलको नयाँ आक्रमण र नाकाबन्दीलाई लिएर अन्तर्राष्ट्रिय दबाब बढेको छ। मार्चको सुरुदेखि गाजामा सहायता वितरण भएको थियो भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अस्थायी...