१९ जेष्ठ २०८३, सोमबार ०७:१२
प्रतिनिधिसभा बैठकमा आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सार्वभौमसत्ताविरोधी अभिव्यक्तिले विवाद सिर्जना भएको छ । प्रधानमन्त्री शाहले संसद् बैठकमा सांसदहरुसँगको प्रश्नोत्तरका क्रममा ‘…नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको छ…’ भन्ने अभिव्यक्ति दिएपछि राजनीतिज्ञ, कूटनीतिज्ञ तथा सीमाविद्हरूले उनको अभिव्यक्तिप्रति आपत्ति जनाएका...
९ जेष्ठ २०८३, शुक्रबार ०७:१९
प्रतिनिधिसभा बैठक १२ जेठसम्मका लागि स्थगित भएको छ । बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरे पनि सभामुख डीपी आर्यालले पेलेरै बेठक चलाएका थिए । कार्यसूचीअनुसारका विधेयकहरू पारित भएसँगै बैठक १२ जेठ बिहान ११ बजे बस्ने गरी...
८ जेष्ठ २०८३, बिहीबार २१:२४
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बिहीबार फेरि एकपटक अर्थतन्त्र सुधारका पुराना र स्थापित सिद्धान्तहरू दुहोरिएका छन्। देशका नामुद अर्थविद्हरूले कर प्रशासनको पुनःसंरचना, सार्वजनिक वित्त व्यवस्थापन र मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीको सुधारमा जोड त दिए, तर यो बहसले नेपालको बजेट निर्माण...
६ जेष्ठ २०८३, मंगलवार २१:२२
उच्च प्राज्ञिक पृष्ठभूमि र लामो न्यायिक अनुभव बोक्नुभएका डा. मनोजकुमार शर्मा नेपालको ३३औँ प्रधानन्यायाधीश नियुक्त हुनुभएको छ। संघीय संसदको संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले अनुमोदन भएलगत्तै उहाँले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिँदै सर्वोच्च अदालतको कार्यभार सम्हाल्नुभएको हो। संसदीय...
४ जेष्ठ २०८३, आईतवार २१:००
चर्को चुनावी नारा र आश्वासन दिएर भुइँमान्छेको मत बटुलेको वर्तमान सरकार र तिनलाई सत्तामा पुर्याउने भूमिहीन नागरिकबीचको सम्बन्ध अहिले ‘डोजर नीति’ का कारण चिसिएको छ। रूपन्देहीको बुटवलमा आइतबार दिउँसोको ४१ डिग्री सेल्सियसको तातो रापलाई समेत बेवास्ता गर्दै हजारौँ सुकुम्वासी तथा...
४ जेष्ठ २०८३, आईतवार १७:३८
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध अन्तर्राष्ट्रिय स्तरमै घेराबन्दी बलियो बनाउन नेपाल प्रहरीले आफ्नो कानुनी कसरतलाई तीव्र पारेको छ। ‘रेड नोटिस’ जारी गराउने पहिलो प्रयासमा प्राविधिक उल्झन व्यहोरेको प्रहरीको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौँले फ्रान्सको लियोनस्थित इन्टरपोल महासचिवालयले...
४ जेष्ठ २०८३, आईतवार १७:२९
प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। संसद् सचिवालयमा आयोजित एक कार्यक्रममा सभामुख सभामुख डोलप्रसाद अर्यालले नवनियुक्त सचिव अधिकारलाई शपथ गराएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा अधिकारीलाई बुधबार प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका थिए। सचिव...
४ जेष्ठ २०८३, आईतवार १५:३२
सार्वजनिक निकायका करिब १६०० राजनीतिक नियुक्ति एकमुष्ट खारेज गरेपछि प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले रिक्त पदहरूमा आफ्ना मान्छे धमाधम भर्ना गर्न थालेको भन्दै आलोचना सुरु भएको छ। सरकारले खुला र प्रतिस्पर्धी माध्यमबाट ‘निष्पक्ष पदपूर्ति’ भइरहेको दाबी गरे पनि विज्ञहरूले...
४ जेष्ठ २०८३, आईतवार १५:०२
नेपाली सेना भन्नेबित्तिकै हाम्रो मानसपटलमा कडा अनुशासन, मार्चपास र सैनिक धुनहरू मात्रै खेल्ने गर्छ। तर, समयसँगै नेपाली सेनाले आफ्नो परम्परागत प्रस्तुतिका सीमाहरू भत्काउँदै युवा पुस्तासँग जोडिने आधुनिक माध्यम रोज्न थालेको छ। यसैको पछिल्लो कडी हो— नेपाली सेनाको आधिकारिक युट्युब च्यानलबाट...