१७ जेष्ठ २०८२, बिहीबार १८:५८
सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा उक्त कुरा उल्लेख गरिएको हो । सो वर्षका लागि ५.५ प्रतिशत मुद्रास्फीति कायम गर्ने लक्ष्य पनि सरकारले राखेको छ ।...
१७ जेष्ठ २०८२, बिहीबार १८:१७
नेपालले अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्थाहरूको ग्रे लिस्टबाट बाहिर निस्कने लक्ष्यसहित आफ्नो आर्थिक नीति र प्रणालीमा गहिरो सुधारको संकेत दिएको छ। संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सम्पत्ति शुद्धीकरण तथा अवैध आर्थिक गतिविधिविरुद्ध...
१७ जेष्ठ २०८२, बिहीबार १८:११
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संघ सरकारले प्रदेश र स्थानीय तहलाई वित्तीय हस्तान्तरणमार्फत् ५ खर्ब ८२ अर्ब ८३ पठाउने भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा राजस्व बाँडफाँट...
१७ जेष्ठ २०८२, बिहीबार १८:०८
सरकारले आगामी आर्थिक वर्षदेखि ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ७० वर्ष कायम गर्ने भएको छ। अर्थमन्त्री पौडेलले वृद्धभत्ताको उमेर ७० वर्ष पुर्याउने बताए। यस्तो भत्ता पाइरहेका दुर्गम क्षेत्र र लक्षित वर्गका लागि भने उमेर यथावत् राखिएको छ । तीन वर्षअघि...
१७ जेष्ठ २०८२, बिहीबार १८:०५
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट प्रस्तुत गरेका छन् । सरकारले आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । संघीय संसद्को बिहीबार बसेको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले १९ खर्ब...
१७ जेष्ठ २०८२, बिहीबार १७:१२
काठमाडौँ । सरकारले सरकारी कर्मचारीको तलब वृद्धि नगर्ने भएको छ । महँगी भत्ता भने ५ हजार बढाएको छ । ऐनअनुसार ३ वर्षमा बढ्नुपर्ने तलब यसअघि तीन वर्षअघि तलब बढेकोमा यस वर्ष कर्मचारीको तलब बढ्ने अपेक्षा रहेको थियो । तर, स्रोतको...
१७ जेष्ठ २०८२, बिहीबार १६:४३
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या ६४ लाख नाघेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा आज संघीय संसद्मा प्रस्तुत आव २०८१/८२ को आर्थिक सर्वेक्षणका अनुसार २०८१ फागुन महिनासम्म वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या ६४...
१७ जेष्ठ २०८२, बिहीबार १६:३७
श्रीलङ्काको एक अदालतले बिहीबार अपदस्थ राष्ट्रपति गोटाबाया राजपाक्षेको सरकारका दुई पूर्वमन्त्रीलाई ऐतिहासिक भ्रष्टाचारको मुद्दामा दशकौँको जेल सजाय सुनाएको छ । पूर्व खेलकुदमन्त्री महिन्दानन्द अलुथगामगे र पूर्व व्यापारमन्त्री अनिल फर्नान्डोलाई कोलम्बो उच्च अदालतले राज्यको कोषको पाँच करोड ३० लाख रुपैयाँ (एक...
१७ जेष्ठ २०८२, बिहीबार १६:३३
सरकारले शिक्षित युवालाई स्वरोजगारमा प्रोत्साहित गर्न बिनाधितो सहुलियत कर्जा दिने व्यवस्था गरेको छ। यो योजना स्वरोजगार र उद्यमशीलता प्रवर्द्धनमा केन्द्रित एक महत्वाकांक्षी कदमका रूपमा लिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै घोषणा...